काठमाडौं । प्रभु बैंकले ग्राहकहरुको लागि मोबाइलबाटै कर्जा लिन मिल्ने फोन लोन सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले आजबाट लागु हुने गरी फोन लोन सुविधा सञ्चालनमा ल्याएको हो ।
यो सेवाको सुरुवातसँगै प्रभु बैंकका ग्राहकहरुले आफ्ना मोबाईलमा रहेको प्रभु मोबाईल बैंकिङ्ग सफ्टवेयरको माध्यमबाट आफुलाई आवश्यक परेको जुनसुकै बेला सजिलै २ लाखसम्मको फोन लोन सुविधा लिन सक्नेछन् ।
यो सुविधा हालको लागि प्रभु बैंकमा तलबी खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले मात्र उपभोग गर्नसक्ने व्यवस्था मिलाईएको बैंकले जनाएको छ ।
फोनलोनको लागि अनुरोध प्राप्त हुनासाथ सम्बन्धित ग्राहकको कारोबारको विवरण समेतलाई आधार बनाई सम्बन्धित ग्राहकले फोन लोन सुविधाअन्तर्गत लिन पाउने कर्जा सीमा निर्धारण हुनेछ ।
बैंकको अनुसार यो कर्जाको भुक्तानी अवधि बढीमा ३६ महिनासम्मको हुनेछ । यसबाट तत्काल साथमा नगद नभएका कारण आर्थिक अभावबाट गुज्रिनुपर्ने अवस्थाकोका साथै सानो तिनो कर्जा कारोबारको लागि बैंकमा उपस्थित हुनुपर्ने झण्झटको अन्त्य हुने बैंकले जनाएको छ ।
प्रभु बैंकको फोन लोन सुविधा सुरु
आर्थीकसंसार संवाददाता२० फागुन, २०७८
२० फागुन, २०७८- राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान
- सानिमा रिलायन्सले कर्मचारीको ज्ञान र क्षमता विकास गर्न गर्यो प्रशिक्षण कार्यक्रम
- लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स
- ज्योति विकास बैंकका ग्राहकलाई चितवनको जंगल भिल्ला रिसोर्टमा छुट
- सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेल शाखा स्थानान्तरण
- बाढी-पहिरो पीडितलाई सहयोग गर्न एमाले सांसदहरूले आधा महिनाको पारिश्रमिक दिने
- मजदुरबाट आफ्नै सफारीको मालिक बने १० परिवार
- नख्खु बाढीमा पसी बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफको सम्मान
- सिटिजन लाइफका कर्मचारीलाई व्यक्तित्व विकास तालिम
- आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरमा आकर्षण छुट