News Portal

  • हकप्रद शेयरको रकम जम्मा गर्न समृद्धि फाइनान्सको आग्रह

    आर्थीकसंसार संवाददाता१७ भदौ, २०७७
    ६८९ पटक
    १७ भदौ, २०७७

    काठमाडौं । समृद्धि फाइनान्सले आधारभूत शेयरधनीलाई आपूmले लिनुपर्ने हकप्रद शेयर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले आधारभूत शेयरधनीलाई समृद्धि फाइनान्सको ९१६०५०१४५ खाता नं. मा सो बापतको रकम जम्मा गराउन आग्रह गरेको छ ।
    उक्त कम्पनीले २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट भदौ २ गते स्वीकृति पाएको थियो । कम्पनीले ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । साथै कम्पनीले विस्तृत जानकारीको लागि फाइनान्सको शेयर शाखामा सम्पर्क गर्न शेयरधनीहरुलाई अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्