News Portal

  • सानिमा बैंकले ल्यायो ई बैंकिङ्ग मार्फत भुक्तानी गर्दा क्यास ब्याकको अफर

    आर्थीकसंसार संवाददाता१३ फागुन, २०७८
    ५६७ पटक
    १३ फागुन, २०७८

    काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि नक्साल तरकारी बजारमा सजिलो ई बैंकिङ्ग मार्फत क्युआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याकको अफर ल्याएको छ । यस योजना २०७८ फाल्गुनदेखि २०७९ बैशाख मसान्त सम्मका लागि लागू हुने बैंकले जनाएको छ ।
    बैंकका अनुसार नक्साल तरकारी बजारमा सानिमा बैंकका ग्राहकले बैंकको मर्चेन्टसँग क्युआर स्क्यान गरी भुक्तानी गर्दा प्रति कारोबारमा २५ वा अधिकतम रु २० तथा मासिक अधिकतम ५ सयसम्मको क्यास ब्याक प्राप्त गर्न सक्ने छन्। क्यास ब्याक वापत रकम आगामी महिनाको पहिलो हप्ता ग्राहकको खातामा जम्मा गरिनेछ ।
    ग्राहकहरुले एप स्टोर तथा प्ले स्टोरबाट सानिमा सजिलो ई बैंकिङ्ग एप डाउनलोड गरी नजिकैको शाखाबाट कारोबार सुचारु गर्न सक्ने बैंकले जनाएको छ। बैंकको सातै प्रदेशमा गरि १२३ वटा कार्यालय तथा १०३ वटा एटिएम संचालनमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्