काठमाडौं । एशियन क्यापिटलले पोर्टफेलियो व्यवस्थापनको सेवाग्राहीहरुलाई पोर्टफोलियो बराबरकै बीमा गरिदिने भएको छ । एशियन लाइफको सहायक कम्पनी एशियन क्यापिटलले आफ्नो सेवालाई बीमासँग टाइअप गरेको हो । क्यापिटलले आफ्नो पोर्टफेलियो व्यवस्थापनका ग्राहकहरुको आवधिक जीवन बीमा ‘टर्म इन्स्योरेन्स’ गरिदिनेछ । यस बापतको बीमा शुल्क क्यापिटल आफैले भुक्तानी गर्ने प्रमुख कार्यकारी अधिकृत सचिन सिलवालले जानकारी दिए ।
दोस्रो बजारको राम्रो ज्ञान तथा अनुभव नभएका लगानीकर्ताले क्यापिटलबाट पोर्टफेलियो व्यवस्थापनको सुविधा लिन पाउने छन् । आफ्नो लगानी सुरक्षणका लागि विश्वमै मर्चेन्ट बैंक जस्ता संस्थाहरुले यस्तो सुविधा दिने गरेको पाइन्छ । सोहि अनुसार एशियन क्यापिटलले दिन लागेको हो ।
लगानीकर्ताले न्युनतम तीन लाख रुपैयाँ र अधिकतम आफुले चाहेको रकमसम्मको लागि पोर्टफेलियो व्यवस्थापनको जिम्मेवारी दिन सक्ने छन् । उनिहरुले न्युनतम एक वर्ष अवधिको लागि पोर्टफेलियो व्यवस्थापनको जिम्मेवारी दिनुपर्नेछ ।
क्यापिटलले यस्ता ग्राहकहरुलाई पोर्टफेलियो रकम बराबरकै बीमाङ्क हुने गरी बीमा गरिदिने जनाएको छ । साथै जति अवधिको यो सुविधा लिन चाहन्छन् त्यति नै अवधिको बीमा सुविधा पाउने छन् । एशियनले डिम्याट खाता खोल्न चाहने ग्राहकहरुलाई १० मिनेटमै उपलब्ध गराउनेछ । यसका लागि सम्बन्धित व्यक्ति कार्यालयमै उपस्थित हुनुपर्ने क्यापिटल जनाएको छ ।
एशियन क्यापिटलमा पोर्टफोलियो व्यवस्थापनको सेवा लिदा निःशुल्क बीमा सुविधा
आर्थीकसंसार संवाददाता१२ फागुन, २०७८
१२ फागुन, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- नबिल बैंकको नगद लाभांश घोषणा
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न