News Portal

  • एशियन लाइफद्धारा ४१ लाख १३ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी

    आर्थीकसंसार संवाददाता११ फागुन, २०७८
    ५०४ पटक
    ११ फागुन, २०७८

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले स्वर्गीय भिम प्रसाद पौडलका बुबालाई मृत्यु दावी भूक्तानी रकम प्रदान गरेको छ । बिर्तामोड शाखा प्रमुख दुर्गा प्रसाद निरौला र भद्रपुर उपशाखा प्रमुख खेमराज दाहालले भिम प्रसाद पौडेलका बुबा कृष्ण प्रसाद पौडेललाई रकम हस्तानतरण गरेका हुन् ।
    २०७७ असोजमा स्व भिम प्रसाद पौडेलले भद्रपुर उपशाखामा २० लाख रुपैयाँको एशियन बार्षिक धनलाभ पोलिसि लिएका थिए । उनले प्रचम बीमा शुल्क र नविकरण शुल्क बापत १ लाख ८४ हजार ६ सय रुपैयाँ बुझाएका थिए ।
    २०७८ मंसिर २० गते मेचि राजमार्गको चारआलि बुधवारे सडकखण्डमा पौडेलले चलाएको मोटरसाईकल दुर्घटनामा परी उनको मृत्यु भएको थियो । उनका बुबा कृष्ण प्रसाद पौडेललाई ४१ लाख १३ हजार ६९९ रुपैयाँको चेक हस्तानतरण गरिएको एशियन लाइफ इन्स्योरेन्स भद्रपुर उपशाखाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्