News Portal

  • ३८८ जना कोरोना संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता९ फागुन, २०७८
    ७७२ पटक
    ९ फागुन, २०७८

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट ३८८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएको छ । सोही अवधिमा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
    मन्त्रालयका अनुसार पाँच हजार २२५ पीसीआर परीक्षणमा २४७ र दुई हजार ९१५ एन्टिजेन परीक्षणमा १४१ जना गरी ३८८ जनामा संक्रमण पुष्टि भएको हो ।
    पछिल्लो २४ घण्टामा देशभर १२०५ जना संक्रमणमुक्त भएका छन् । आज थपिएका नयाँ संक्रमितसँगै देशभर कोरोना संक्रमणका सक्रिय संक्रमितको संख्या ११ हजार २८२ पुगेको मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्