News Portal

  • लक्ष्मी बैंकको ११औं एक्स्टेन्सन काउण्टर रुकुम पश्चिमको त्रिवेणीमा

    आर्थीकसंसार संवाददाता५ फागुन, २०७८
    १०६९ पटक
    ५ फागुन, २०७८

    काठमाडौं । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्नो एघारौं एक्स्टेन्सन काउण्टर रुकुम पश्चिमको त्रिवेणी गाँउपालिका स्थित झुलनेटामा स्थापना गरेको छ ।
    यस नयाँ एक्स्टेन्सन काउण्टरको स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ५० जिल्लामा १४१ शाखा, ११ एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १७२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।
    यो एक्स्टेन्सन काउण्टरको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग वा मोवाईल बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास बैंकले लिएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्