News Portal

  • कोका–कोला मोमोत्सवः कोक + मःम, स्वादको रियल म्याजिक सातौं संस्करणको सुरुवात

    आर्थीकसंसार संवाददाता४ फागुन, २०७८
    १०२४ पटक
    ४ फागुन, २०७८

    काठमाडौं । ६ वर्षसम्मको लगातारको सफलतापछि कोका–कोलाले यो वर्ष पनि मोःमोत्सवको सातौं संस्करणको सुरुवात गरेको छ ।
    कोका–कोला मोःमोत्सव विश्वव्यापी कोक र खाजाको परम्पराको नेपाली संस्करण हो, जसमा नेपालीहरुको प्रिय खाजा मःम र प्रिय पेय पदार्थ कोकको स्वादलाई सेलेब्रेट गरिन्छ ।
    यो क्याम्पेनको लागि कोका–कोलाले हजारभन्दा बढी रेस्टुरेन्ट अन्य खाजा घरहरुसँग सहकार्य गर्दै आफ्ना उपभोक्ताहरुलाई कम्बो अफर र विशेष छुट प्रदान गर्दै आएको छ । कोका–कोला मोःमोत्सव क्याम्पेन हरेक अंग्रेजी वर्षको शुरुवातमा आयोजना गरिन्छ र यो वर्ष फेब्रुअरी १४ बाट अप्रिल ५ सम्म यो क्याम्पेन हुँदैछ ।
    क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भन्नुभयो, ‘विश्वव्यापी रुपमा हामीले सन्चालन गरिरहेको कोक एन्ड मील्सको अवधारणालाई नेपालमा स्थानीयकरण गर्न हामीले ७ वर्षअघि कोका–कोला मोःमोत्सव शुरु गरेका थियौँ । सातौँ वर्षसम्म आइपुग्नको लागि हाम्रो उपभोक्ताहरुले दिनुभएको माया र साथको लागि हामी आभारी छौँ । यो क्याम्पेन भरि हामीले कोक र नेपालीहरुको मन पर्ने खाजा मःमसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नेछौँ ।’
    यो क्याम्पेनको ट्यागलाइन ‘कोक प्लस मःम, स्वादको रियल म्याजिक’ रहेको छ जसले कोक र मःम खाने उपभोक्ताहरुले स्वादको रियल म्याजिक पाउन सक्नुहुनेछ भन्ने सन्देश दिन्छ ।
    त्यस्तै बोटलर्स नेपालका प्रबन्ध निर्देशक श्री प्रदीप पाण्डेज्युले भन्नुभयो, “हामी कोका–कोला र नेपालीहरुको सबैभन्दा मन पर्ने खाजा मःमको संयोजनको बेजोड स्वादलाई सेलेब्रेट गर्न शुरु गरिएको कोका–कोला मोःमोत्सव क्याम्पेनको सातौँ संस्करण मनाउँदै छौँ । यस वर्षको स्लोगन “कोक प्लस मःम, स्वादको रियल म्याजिक” ले भनेजस्तै कोक र मःमको बेजोड स्वादसँगै हामी हाम्रा उपभोक्ताहरुसँग अझै नजिक हुने आशा गर्दछौँ । ”
    यो अभियानमा कोका–कोलाका ब्रान्ड एम्बेसडर तथा अभिनेत्री प्रियंका कार्की र स्वस्तिमा खड्का काठमाडौंका विभिन्न रेष्टुरेन्टहरूमा जाने कार्यक्रम रहेको छ जसले गर्दा कोक र मःम खाने उपभोक्ताहरुले प्रियंका र स्वस्तिमालाई भेट्ने तथा उनीहरुसँग फोटो खिच्ने मौका पाउन सक्नेछन् ।
    मोःमोत्सव अभियान र विभिन्न आउटलेटहरूमा हुने कार्यक्रमहरूको बारेमा अपडेट रहनको लागि, तपाईंले आधिकारिक कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राम पेज @cocacolanepal लाई लाइक र फलो गर्न सक्नुहुन्छ ।

    प्रतिकृया दिनुहोस्