आर्थीकसंसार संवाददाता१६ भदौ, २०७७
१६ भदौ, २०७७काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको डेपुटी सिईओ ईश्वर पोखरेलले हिजोबाट कार्यभार सम्हालेका छन् । नेपाल इन्स्योरेन्सले खुल्ला प्रतिस्पर्धाबाट आवेदन माग गरी नयाँ डेपुटी सिईओ नियुक्त गरेको हो । स्टाण्डर्ड चार्टर्ड बैंक, युनाईटेड फाइनान्समा उच्च पदमा रहेर काम गरिसकेका पोखरेलको बीमा पहिलो अनुभव हो । सामाजिक सञ्जालमार्फत पोखरेलले कार्यभार सम्हालेको तस्विर सार्वजनिक गर्दै श्रेष्ठ कम्पनीमा अबको यात्रा अघि बढेको उल्लेख गरेका छन् ।