News Portal

  • थप ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

    आर्थीकसंसार संवाददाता२९ माघ, २०७८
    ९५९ पटक
    २९ माघ, २०७८

    काठमाडौं । पछिल्लो २४ घण्टामा ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६५४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ०९ हजार ९५० पुगेको छ ।
    पछिल्लो २४ घण्टामा देशभर १ हजार ८२६ जना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ३४ हजार ६४८ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्