काठमाडौं । सिद्धार्थ बैंकले ग्रीन पिन बैंकिङ सेवा सुरु गरेको छ । बैंकले भाद्र १५ गतेदेखि बैंकिङ्ग सेवा अझ बढी प्रभावकारी एवम् वातावरण मैत्री बनाउने उद्देश्यले कार्डको पिन कोड प्राप्त गर्नका लागि ग्रीन पिन सेवा सुचारु गरेकोे जनाएको छ ।
यस सुविधा सञ्चालनपश्चात बैंकका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डको ग्रीन पिन सोझै आफ्नो मोबाईल नम्बरमा प्राप्त गरी कार्डको पिन निर्धारण गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।
बैंकका अनुसार ग्राहकहरुले आफ्नो नयाँ कार्डको पिन बैंकको कुनै पनि एटिएम वा नेप्स सदस्य रहेका केही बैंकहरुको एटिएमबाट निर्धारण गर्न सक्ने छन् । यसरी पिन निर्धारण गर्न एटिएममा कार्ड राखेपछि ग्राहकहरुलाई बैंकमा रजिष्टर्ड आफ्नो मोबाईल नम्बरमा एसएमएसमार्फत ग्रीन पिन आउने र प्राप्त ग्रीन पिन ग्राहकहरुले एटिएममा राखी आफ्नो नयाँ पिन नम्बर निर्धारण गर्न सक्ने बैंकले जनाएको छ ।
पिन परिवर्तन भएपछि, कार्ड सक्रिय हुने र यस पश्चात ग्राहकहरुले आफ्नो कार्ड एटिएम, पीओएस मेसिन तथा अनलाईन कारोबारमा सजिलै प्रयोग गर्न सक्नुका साथसाथै अन्य बैंकका एटिएमहरुमा पनि बिना कुनै अतिरिक्त शुल्क प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । यस सुविधाले ग्राहकलाई सहज सेवा उपलब्ध हुने, कार्ड वितरण र सक्रिय प्रक्रियामा लाग्ने समयको बचत हुने र केहि हद सम्म भए पनि कागजको प्रयोग कम गरी वातावरण मैत्री बैंकिङ्ग सेवा उपलब्ध हुने विश्वास बैंकले बताएकोे छ ।
सिद्धार्थ बैंकद्वारा ग्रीन पिन बैंकिङ सेवा सुरु
आर्थीकसंसार संवाददाता१६ भदौ, २०७७
१६ भदौ, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने