
काठमाडौं । ग्लोबल आइएमई बैंकले भ्यालेन्टाइन्स डेको विशेष अवसरमा बैंकका ग्राहकलाई क्यूआर कोडमार्फत गरिने भुक्तानीहरुमा छुट दिन भएको छ । बैंकले ग्राहकहरुलाई क्यूआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशत क्यास ब्याक प्रदान गर्ने भएको हो ।
बैंकका ग्राहकहरुले भ्यालेन्टाइन्स डेको अवसर पारेर आफ्ना प्रियजनहरुसँग माया, सद्भाव मित्रता र प्रशंसा बाँड्ने मौका प्रदान गर्न फाल्गुन १ तथा २ गते सरसामान खरिद गर्दा ‘मेरी उनीलाई’ लेखी क्यूआर कोडमार्फत गरिने भुक्तानीमा १५ प्रतिशत वा अधिकतम २०० सम्म क्यासब्याक पाउने छन् ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८७ शाखा, २५२ एटीएम, २६३ शाखारहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।