News Portal

  • दोस्रो दिनमा इमर्जिङ नेपालको आइपीओमा ३१.३६ गुणाको आवेदन

    आर्थीकसंसार संवाददाता२७ माघ, २०७८
    ९६६ पटक
    २७ माघ, २०७८

    काठमाडौं । इमर्जिङ नेपालले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा आज साँझ ५ बजेसम्ममा १३ लाख ८३ हजार ९ सय १८ जना आवेदकले १ करोड ६२ लाख ६ हजार ८ सय ६० कित्ताको लागि आवेदन दिएका हुन् । यो माग गरिएभन्दा ३१.३६ गुणा बढीको आवेदन परेको हो ।
    कम्पनीले सर्वसाधारण समुहको ५ लाख ५५ हजार ६०० कित्ता शेयर फागुन एक गतेसम्म बिक्री खुला गर्ने भएको हो । सर्वसाधारण समुहको ५ लाख ५५ हजार कित्ता मध्ये कर्मचारीका लागि २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता र सामुहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात २७ हजार २८० कित्ता शेयर सुरक्षित गरिएको छ । र बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता आम सर्वसाधारणका लागि बिक्री गरिने भएको हो ।
    सर्वसाधारण लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
    सर्वसाधारणले मेरो शेयरको अनलाइन एप्लिकेसनका साथै आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् ।
    पुर्वाधार विकास सम्बन्धी कम्पनीमा लगानी गर्ने उद्देयले स्थापित यस कम्पनीले २०७२ सालदेखि लगानी गर्दै आइरहेको छ । कम्पनीको अधिकृत पूँजी ५ अर्ब रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४० हजार रुपैयाँ पुग्नेछ । जसमा संस्थापक समुहको ९० प्रतिशत र सर्वसाधारण समुहको १० प्रतिशत हिस्सा रहने छ ।

    प्रतिकृया दिनुहोस्