News Portal

  • सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा सल्यानको सल्ली बजारमा

    आर्थीकसंसार संवाददाता२७ माघ, २०७८
    ५९८ पटक
    २७ माघ, २०७८

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीबार सो शाखा संचालनमा ल्याएको हो ।
    सल्ली बजार शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको जनाएको छ । योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०७ पुगेको छ ।

     

    प्रतिकृया दिनुहोस्