News Portal

  • कुमारी बैंकको संस्थापक शेयर आजदेखि विक्री खुला

    आर्थीकसंसार संवाददाता२६ माघ, २०७८
    ७५३ पटक
    २६ माघ, २०७८

    काठमाडौं । कुमारी बैंकको संस्थापक शेयर बुधवारदेखि विक्री खुला भएको छ । कुमारी बैंकले मिलन इन्भेष्टमेन्ट कम्पनी प्रा.लीको नाममा रहेको १० लाख ७७ हजार २३९ कित्ता शेयर विक्री गर्न लागेको एक सुचना जारी गर्दै जनाएको छ ।
    शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र सम्बन्धित कम्पनीहरुको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्न समेत बैंकले भनेको छ ।
    कम्पनीको शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्ने बैंकले सोही सुचना मार्फत जानकारी दिएको छ । पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा मात्र अन्य व्यक्ति तथा संस्थाहरुमो यो शेयर विक्री गरिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्