News Portal

  • भोलिसम्म शेयर किन्नेले आइएमई जनरलको हकप्रद शेयर भर्न पाउने

    आर्थीकसंसार संवाददाता२६ माघ, २०७८
    ११३६ पटक
    २६ माघ, २०७८

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि फागुन एक गते एक दिन बुक क्लोज गर्ने भएको हो । त्यसकारण कम्पनीको हकप्रद शेयर माघ २७ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गर्नेछन् ।
    कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि अनुमति पाइसकेको छ । अब माघ २७ गतेसम्म शेयर खरिद गर्नले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउने छन् ।
    माघ २७ गतेसम्म कायम शेयरधनीहरुले प्रति कित्ता १०० रुपैयाँको दरमा १० कित्ता बराबर ४ कित्ताको अनुपातमा शेयर खरिद गर्न पाउने छन् । कम्पनीले हकप्रद मार्फत ४६ करोड ३० लाख ३४ हजार रुपैयाँ उठाउने छ ।
    हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ६१ करोड रुपैयाँ पुग्नेछ ।

    प्रतिकृया दिनुहोस्