News Portal

  • बीओकेको संस्थागत शेयर लिलामी प्रकिया स्थगित

    आर्थिकसंसार संवाददाता१५ भदौ, २०७७
    १४०२ पटक
    १५ भदौ, २०७७

    काठमाडौं । बैंक अफ काठमाण्डूले लिलामी शेयर खरीदका लागि आवेदन फराम बिक्री र बुझ्ने कार्य निषेधाज्ञाका कारण स्थगित गरेको छ । कम्पनीले भदौ १५ गतेसम्म लिलामी शेयरमा आवेदन गर्ने समय थप गरेकोमा निषेधाज्ञा जारी रहेकाले लिलामी शेयरको आवेदन फारम बिक्री गर्न कार्य स्थगित गरेको जनाएको छ ।
    कम्पनीले तीन लाख १६ हजार १५६ कित्ता संस्थापक शेयर भदौ १ गते देखि ८ गतेसम्म बिक्री खुल्ला गर्ने भनिएकोमा कोरोना महामारीका कारण अत्यावश्यक सेवा बाहेकका सबै सेवा सञ्चालनमा रोक लगाएको कारणले लिलामी शेयरमा आवेदन दिने अवधि थप गरेको थियो । कम्पनीको बिक्री प्रबन्धमा एनएमबि क्यापिटल रहेको छ ।

    प्रतिकृया दिनुहोस्