News Portal

  • प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता२५ माघ, २०७८
    ८७१ पटक
    २५ माघ, २०७८

    काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई करसहित ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
    माघ २४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त आवको नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृत तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।
    हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ छ । ७ प्रतिशत बोनस पछि इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड रुपैयाँ पुग्ने छ ।
    प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा भने घटी हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को तुलनामा ८.४२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्