News Portal

  • थप १ हजार ९५७ जनामा कोरोना संक्रमण

    आर्थीकसंसार संवाददाता२५ माघ, २०७८
    ८८० पटक
    २५ माघ, २०७८

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही समय कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    मन्त्रालयका अनुसार देशभरबाट ८ हजार ५८७ आरटी पीसीआर र ४ हजार १०५ एन्टीजेन नमुना परिक्षण गरि कुल १२ हजार ६९२ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
    पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितसँगै नेपालमा हाल सक्रिया कोरोना संक्रमितको संख्या ३६ हजार १८१ जना रहेको छ ।
    साथै आज थपिएका ११ जना सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८३८ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्