News Portal

  • सिटिजन लाइफद्वारा घातक रोग वापत १० लाख रुपैयाँ हस्तान्तरण

    आर्थीकसंसार संवाददाता२४ माघ, २०७८
    ११२५ पटक
    २४ माघ, २०७८

    काठमाडौं । सिटिजन लाइफद्वारा बीमित स्वयं सरिना लामालाई प्राण घातक रोग विरुद्ध १० लाख दावी भुक्तानी गरेको छ । सिन्धुपाल्चोक दुली धादिङ्ग स्थायी घर भई हाल ललितपुर बसोबास गर्दै आएकी लामाले २०७४ मा सिटिजन लाइफ जमल शाखामा प्राण घातक रोग सहित जीवन बीमा गराएकी थिइन् । हाल उनलाई मृगौलाको समस्या भएको छ । सोहीअनुरुप कम्पनीले उक्त रकम प्रदान गरेको हो ।
    सिटिजन लाइफको मूख्य कार्यालय टेकुमा दावी भुक्तानी विभागका प्रगेश बस्नेतद्वारा चेक हस्तान्तरण गरिएको थियो । कार्यक्रममा जमल शाखा प्रमुख प्रकाश कुमार श्रेष्ठलगायत अन्य एजेन्सी मेनेजरहरु साथै बीमित लामाको श्रीमान पूर्ण तामाङ्गको उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस्