News Portal

  • देशभर थप ८ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    आर्थिकसंसार संवाददाता१५ भदौ, २०७७
    ५३० पटक
    १५ भदौ, २०७७

    काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप ८ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले महिला ३ सय ०३ र पुरुष ५ सय ९६ जना गरी देशभर ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४ सय ६० पुगेको उनले बताए ।
    यसैगरी काठमाडौं उपत्यकमा थप २ सय ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उपत्यकाको संक्रमितमा काठमाडौंमा १ सय ९० ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना रहेका छन् ।
    यस्तै देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय २२ रहेको छ । जसमा संस्थागत आइसोलेशनम १० हजार ७ सय ०१ जना रहेका छन् । यस्तै होम आइसोलेशनमा ७ हजार १ सय २१ जना रहेका छन् । आज ११ हजार १ सय २९ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म संक्रमितमध्ये २१ हजार ४ सय १० जना निको भएका छन् ।
    नेपालमा कोरोना भाइरसबाट एक ४ वर्षीया बालिकासहित थप ७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बालिकासहित ३ महिला र ४ पुरुष गरी पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको हो । महोत्तरीमा ४ वर्षीया बालिकाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । यस्तै गोरखामा ६५ वर्षीया र रुपन्देहीमा ६८ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यसैगरी झापा ८६ वर्षीय, रौतहटमा ४० वर्षीय, चितवनमा ७८ र भक्तपुरमा ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ ।
    आजसम्म कोरोना जितेर घर फर्किनेको संख्या २१ हजार ४ सय १० पुगेको छ । जसमा प्रदेश नम्बर १ मा १ हजार ५ सय ७०, प्रदेश नम्बर २ मा ४ हजार ८ सय ५३, बामगती प्रदेशमा १ हजार ३ सय २८ र गण्डकी प्रदेशमा १ हजार ७ सय ८ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ९ सय ३०, कर्णाली प्रदेशमा २ हजार ८३ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ९ सय ३८ जना डिस्चार्ज भएका छन् ।
    सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय २२ रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार २ सय ८७, प्रदेश नम्बर २ मा २ हजार ६२, बामगती प्रदेशमा ४ हजार ४ सय ८ र गण्डकी प्रदेशमा ५ सय ३० जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार १ सय ७३, कर्णाली प्रदेशमा ३ सय ९६ र सुदूरपश्चिम प्रदेशमा ८ सय ४५ गरी देशभरी १० हजार ७ सय १ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
    यसैगरी प्रदेश नम्बर १ मा ५ सय १०, प्रदेश नम्बर २ मा ४ हजार ५५, बामगती प्रदेशमा २ हजार ४२ र गण्डकी प्रदेशमा १८ जना संक्रमित रहेका छन् ।
    यस्तै प्रदेश नम्बर ५ मा ३ सय ५६, कर्णाली प्रदेशमा २० र सुदूरपश्चिम प्रदेशमा १ सय २० गरी देशभरी होम आइसोलेसनमा ७ हजार १ सय २१ जना रहेका छन् । जसमा प्रदेश नम्बर १ मा ४ जना, प्रदेश नम्बर २ मा ३८ जना, बामगती प्रदेशमा ७० जना, गण्डकी प्रदेशमा ३ जना र प्रदेश नम्बर ५ मा १७ गरी देशभरी १ सय ३२ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर १ मा १, प्रदेश नम्बर २ मा १३ र बामगती प्रदेशमा २ जना गरी १६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । आज ७ हजार ३ सय ३७ जना क्वारेन्टिनमा रहेको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्