News Portal

  • समृद्धि फाइनान्सको हकप्रद फागुन ८ गतेदेखि निष्काशन हुँदै

    आर्थीकसंसार संवाददाता२० माघ, २०७८
    १११९ पटक
    २० माघ, २०७८

    काठमाडौं । समृद्धि फाइनान्सले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । संस्थाले २ कित्ता बराबर एक कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । संस्थाको हकप्रद शेयर पुस १० गतेसम्म कायम शेयरधनीहरुले भर्न पाउने छन् ।
    हकप्रद शेयर निष्काशन प्रयोजनका लागि संस्थाले फागुन ११ गते एक दिन बुक क्लोज गरेको थियो । फाइनान्सले प्रति कित्ता एक सय रुपैयाँको दरमा २७ लाख २९ हजार ५०७ कित्ता शेयर बिक्री गर्न लागेको हो ।
    फाइनान्सका शेयरधनीहरुले बिक्री प्रवन्धक बि.ओ.के क्यापिटल नारायणचौर नक्साल, समृद्धि फाइनान्सको केन्द्रिय तथा शाखा कार्यालयका साथै सि आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ । प्राथमिक शेयर निष्काशन पछि चुक्ता पूँजी ८१ करोड ९० लाख रुपैयाँ पुग्नेछ ।

    प्रतिकृया दिनुहोस्