News Portal

  • नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त

    आर्थीकसंसार संवाददाता१९ माघ, २०७८
    १२९७ पटक
    १९ माघ, २०७८

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन् । क्यानअन्तर्गतको राष्ट्रिय गौरवका आयोजना निर्देशनालयका निर्देशकसमेत रहेका अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले महानिर्देशकमा नियुक्त गरेको हो ।
    रिक्त महानिर्देशक पदमा चारवर्षे कार्यकालका लागि अधिकारी नियुक्त गरिएको हो । चार वर्षे अवधिका लागि महानिर्देशकमा नियुक्त भएसँगै पहिलोपटक क्यानकै इतिहासमा युवाले नेतृत्व गर्न पाएका हुन् । यसअघि १२औं तहका उपमहानिर्देशक क्यानको महानिर्देशक हुँदै आएकोमा ११औं तहका अधिकारी पहिलो पटक महानिर्देशकमा नियुक्त भएका हुन् ।
    ४२ वर्षका अधिकारी प्राधिकरणमा आठौं तहबाट आन्तरिक खुला प्रतिस्पर्धाबाट ११औं तहमा पुगेका हुन् । उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियर पास गरेका छन् ।
    महानिर्देशक बन्न्का लागि क्यानमा १२औं तहका ६ जना उपमहानिर्देशकले लबिङ गर्दै आएका थिए । जसमा प्रतापबाबु तिवारी, भोला गुरागाईँ, देवचन्द्र लाल कर्ण, हंसराज पाण्डे, गोविन्द दाहाल र प्रेमनाथ ठाकुर प्रतिस्पर्धामा थिए भने निवर्तमान महानिर्देशक राजकुमार क्षेत्रीले कार्यकाल लम्ब्याउने प्रक्रियामा थिए ।

    प्रतिकृया दिनुहोस्