News Portal

  • एनआईसी एशिया बैंकले सूर्या लाइफको शेयर बिक्री गर्दै

    आर्थीकसंसार संवाददाता१९ माघ, २०७८
    ७६७ पटक
    १९ माघ, २०७८

    काठमाडौं । एनआईसी एशिया बैंकले सूर्या लाइफको ८ हजार १५८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक शेयरधनी एनआईसी एशिया बैंकले आफ्नो नाममा कयाम रहेको संस्थापक शेयर मध्ये ८ हजार १५८ कित्ता शेयर खरिद गर्न चाहने साविकका संस्थापक शेयरधनीहरुलाई आह्वान गरिएको छ ।
    कम्पनीको संस्थापक शेयरको न्युनतम बिक्री मूल्य ३०४ रुपैयाँ तोकिएको छ । साविकका संस्थापकले न्युनतम ३०४ रुपैयाँबाट बोलकबोल सुरु गर्न सक्ने छन् । यदि हाल कायम संस्थापकले खरिद गर्न नचाहेमा अन्य लगानीकर्ताहरुका लागि बिक्री खुला हुनेछ ।
    इच्छुक संस्थाकले ३५ दिन भित्रमा आवेदन दिन सक्ने छन् । कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा गएर आफुले खरिद गर्न चाहेको कित्ता र संख्या उल्लेख गरी सोहि बमोजिमको रकम जम्मा गर्नु पर्नेछ ।

    प्रतिकृया दिनुहोस्