News Portal

  • त्रिविकाे स्थगित परीक्षा फागुनमा हुने

    आर्थीकसंसार संवाददाता१७ माघ, २०७८
    ९०९ पटक
    १७ माघ, २०७८

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्थगित परीक्षा फागुनमा हुने जनाएको छ । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिडको कारण स्थगित परीक्षा फागुनमा गर्ने तयारी भइरहेको बताए ।
    ‘स्थगित परीक्षाबारे निर्णय गर्न आज त्रिवि पदाधिकारीको बैठक बसेको छ । स्थगित भएर लिन बाँकी परीक्षाहरू फागुनमा सञ्चालन गर्न तालिका सार्वजनिक गर्ने तयारीमा छौं,’ उनले भने ।
    त्रिविले कोभिड-१९ संक्रमण तीव्र रुपले बढेपछि माघ मसान्तसम्मको लागि तय भएको सेमेष्टर तथा वार्षिक परीक्षाहरू स्थगित गरेको थियो ।

     

    प्रतिकृया दिनुहोस्