News Portal

  • म्यादी दुर्घटना बीमा अन्तर्गत उपचार खर्च सितारामले पाए

    आर्थीकसंसार संवाददाता१७ माघ, २०७८
    ७६२ पटक
    १७ माघ, २०७८

    काठमाडौं । नेपाल बिजुली, प्लम्बर, पेन्टर तथा निर्माण मजदुर यूनियन (क्युपेक) नेपाल मार्फत म्यादी दुर्घटना बीमा गरेका मजदुरले बीमा बापतको उपचार खर्च प्राप्त गरेका छन् ।
    मनहरीस्थित यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले क्युपेक मनहरीमा आबद्ध सिताराम स्याङ्तानलाई उपचार खर्च बापतको रकम हस्तान्तरण गरेको हो । क्युपेकका अध्यक्ष दुर्गाबहादुर बिकमार्फत मजदुर स्याङ्तानले उपचार खर्च बापतको चेक हस्तान्तरण गरिएको कम्पनीका मनहरी शाखा प्रमुख विश्व कुँबरले बताए ।
    केही समयअघि काठ चिर्ने क्रममा स्याङ्तान हातको औँला छिन्ने गरी मेसिनले क्षति पु¥याएको थियो । मानव अंगमा नै क्षति पु¥याउने गरी भएको दुर्घटनामा नियमानुसार २० हजार रुपियाँ उपचार खर्च उपलब्ध गराइएको कुँवरले जनाए । क्युपेक नेपालले स्याङ्तानसहित ४१ जनाको म्यादी बीमा गरेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्