काठमाडौं । मुक्तिनाथ विकास बैंक ग्राहकलाई थप सेवा दिन अनलाइन सपिङ्ग बजेट पसल डट कमसँग सम्झौता गरेको छ ।
बैंकले आफ्ना भिषा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन काठमाडौं उपत्यकामा सञ्चालित बजेट पसल डटकमसँग व्यवसायिक सम्झौता गरेको हो ।
सम्झौताअनुसार मुक्तिनाथ बैंकका भिषा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले बजेट पसलबाट ३ हजारभन्दा बढीको सामान अनलाइन खरिद र भुक्तानी गर्दा ५ प्रतिशतसम्म छुट पाउनेछन् ।
बजेट पसल डटकममार्फत सजिलै विभिन्न खाद्य वस्तु, मोबाइल, ल्यापटप तथा अन्य विद्युतीय सामग्री, घरेलु सरसफाई, सुन्दरताका सामग्री सजिलै खरिद गर्न सकिन्छ ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बजेट पसलमा विशेष छुट
आर्थीकसंसार संवाददाता१७ माघ, २०७८
१७ माघ, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- ऋणलाई राम्रो प्रतिफल दिने आयोजनामा लगानी गर्छौं : अर्थमन्त्री पौडेल
- सकियो ‘नाडा अटो शो’, ८२ हजार अवलोकनकर्ता