News Portal

  • ईन्द्रजात्रामा सानिमा बैंकको ‘ईन्द्रजात्रा क्यूआर कोडको यात्रा’ योजना

    आर्थिकसंसार संवाददाता१५ भदौ, २०७७
    १०६० पटक
    १५ भदौ, २०७७

    काठमाडौं । ईन्द्रजात्राको अवसरमा सानिमा बैंकले ‘ईन्द्रजात्रा क्यूआर कोडको यात्रा’ योजना ल्याएको छ । काठमाडौं उपत्यकाको विशेष जात्रा ईन्द्रजात्राको दिन डिजिटल कन्ट्याक्टलेस भुक्तानीको सरल, सुरक्षित माध्यम क्यूआर कोडको लागि आवेदन गर्नेलाई ५०० रुपैयाँ उपहार दिने बैंकले जनाएको छ । यस्तो उपहार मोबाइल टपअपबाट पठाइने बैंकले जनाएको छ ।
    यो योजना भाद्र १६ गते ईन्द्रजात्राको दिन काठमाडौं उपत्यकाको लागि मात्र लागू हुने र यस योजनामा बैंकका संस्थागत व्यवसायिक खाता वाहकहरुले मात्र भाग लिने पाउने बैंकको सर्तहरु रहेका छन् ।
    यस योजनामा सहभागी हुनका लागि संस्थागत व्यावसायिक खाता वाहकहरुले घरैबाट रजिष्ट्रेसन गर्न सक्ने बैंकले जनाएको छ । यसका लागि जततउकस्ररयिनष्ल।ायलभउबथ।अयmर३रकष्नलगउ मा गई आवश्यक विवरणहरु बुझाइ यो योजनामा सहभागी हुन सक्नुहुनेछ ।
    यसैगरी बैंकमा खाता नहुनेहरुले पनि यो योजनामा सहभागी हुनका बैंकमा अनलाईनबाटै व्यक्तिगत तथा संस्थाको विवरण खुलाई खाता खोली क्यूआर कोड मर्चेन्ट बन्नको लागि निवेदन पेश गर्न सक्नेछन् । यसरी सहभागी हुने क्यूआर मर्चेन्टले बैंकको तर्फबाट ५०० रुपैयाँ मोबाइल टपअपमा प्राप्त गर्ने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्