News Portal

  • बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त

    आर्थीकसंसार संवाददाता१४ माघ, २०७८
    ९१७ पटक
    १४ माघ, २०७८

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्य (बेलायत)को राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छन् । संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले आचार्यलाई राजदूतमा नियुक्त गरेकी हुन् ।
    राष्ट्रपतिको कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै आचार्यलाई राजदूत नियुक्त गरिएको जनाएको छ ।
    ‘नेपालको संविधानकोे धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिरिषद्को सिफारिसमा ज्ञानचन्द्र आचार्यलाई संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत नियुक्त गरिएको हो,’ विज्ञप्तिमा भनिएकोे छ ।
    पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई फिर्ता बोलाएर उनलाई बेलायतको राजदूतमा नियुक्त गरिएको हो ।

    प्रतिकृया दिनुहोस्