News Portal

  • गुडविल फाइनान्सले पठायो शेयरधनीहरूको बैंक खातामा नगद लाभांश

    आर्थीकसंसार संवाददाता१३ माघ, २०७८
    १०२० पटक
    १३ माघ, २०७८

    काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । फाइनानान्सको पुस २९ गते, सम्पन्न भएको २७ औं वार्षिक साधारण सभाले पारित गरेको ३ दशमलव ९ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा पठाएको हो ।
    कम्पनीले नगद लाभांश बुकक्लोज हुनुभन्दा अघिल्लो दिनसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा जम्मा गरिएको जनाएको छ ।
    संस्थाले हालसम्म पनि आफ्नो शेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई यथाशीघ्र आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन आग्रह गरेको छ । कम्पनीको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

    प्रतिकृया दिनुहोस्