News Portal

  • सनराइज बैंकको विस्तारित काउन्टर धनकुटाको करदाता सेवा कार्यालयमा

    आर्थीकसंसार संवाददाता१२ माघ, २०७८
    ६५१ पटक
    १२ माघ, २०७८

    काठमाडौं । सनराइज बैंकले धनकुटा जिल्लाको करदाता सेवा कार्यालयमा विस्तारित काउन्टर सेवाको सुरुवात गरेको छ । सो विस्तारित काउन्टर सेवा सञ्चालनमा आएसँगै बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ ।
    सो विस्तारित काउन्टर समुद्घाटन कार्यक्रम सनराईज बैंकका १ नं. प्रदेश प्रमुख विवेककुमार निरौला तथा सनराइज बैंक धनकुटा शाखाका शाखा प्रबन्धक दिनेश शर्मा अधिकारीले गरेका थिए ।
    हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ८५ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा विस्तारित काउण्टर र १५८ वटा एटिएममार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्