News Portal

  • नारायणी बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

    आर्थीकसंसार संवाददाता१२ माघ, २०७८
    १०३३ पटक
    १२ माघ, २०७८

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले यसअघि पुस २७ गतेसम्म हकप्रदमा आवेदन दिन सकिने भनिएकोमा समय थपिएर आज माघ १२ गतेसम्म आवेदन दिन सकिने बनाएको थियो ।
    बैंकले १ः१ को अनुपातमा १ सय प्रतिशतले हुन आउने अनुमति १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।
    बैंकले हकप्रद निष्काशनको लागि मङ्सिर २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो । मङ्सिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्रै नारायणी डेभलपमेन्टको हकप्रद भर्न पाउने छन् ।
    मेरो शेयर अनलाइन तथा सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ । हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

    प्रतिकृया दिनुहोस्