News Portal

  • हिमालयन बैंकको नाफामा उल्लेख्य बृद्धि

    आर्थीकसंसार संवाददाता१२ माघ, २०७८
    १५३० पटक
    १२ माघ, २०७८

    काठमाडौं । हिमालयन बैंकले गत ६ महिनामा खुद नाफा बढाएको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीले १३.८० प्रतिशतले खुद नाफा बढाएको देखिन्छ ।
    गत वर्षको सोही अवधिमाा ६५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आवमा बढाएर ७४ करोड ३४ लाख रुपैयाँ आर्जन गर्न सफल भएको हो ।
    बैंकको सञ्चालन नाफा पनि बढेर १ अर्ब माथि रहेको छ भने वितरण योग्य नाफा २४ करोड ५१ लाख रुपैयाँ छ ।
    नाफा बढाएको बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने घट्न पुगेको छ । अघिल्लो पुस मसान्तसम्म १२.२३ रुपैयाँ रहेको बैंकको ईपीएस गत पुसमा ११.४७ रुपैयाँमा झरेको छ । त्यस्तै, पीई रेसियो ४२.२१ गुणा र प्रतिसेयर नेटवर्थ १५७.०५ रुपैयाँ छ ।
    हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड रुपैयाँ छ । जगेडा कोषमा ७ अर्ब ३९ करोड रुपैयाँ छ । जुन अघिल्लो वर्ष ९ अर्ब ४४ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १७.३७ प्रतिशतले बढेर १ खर्ब ६५ अर्ब रुपैयाँ र कर्जा लगानी १९.५४ प्रतिशतले बढेर १ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ ।
    समीक्षा अवधिमा बैंकले निष्क्रिय कर्जा (एनपीएल) भने घटाउन सफल भएको छ । गत वर्ष २.१३ प्रतिशत रहेको एनपीएल अहिले घटेर ०.७२ रुपैयाँमा सीमित छ ।

    प्रतिकृया दिनुहोस्