News Portal

  • थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि

    ८ जनाको मृत्यु

    आर्थीकसंसार संवाददाता११ माघ, २०७८
    १३४७ पटक
    ११ माघ, २०७८

    काठमाडौं । पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ हजार ९०९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० लाख ४५ हजार ६३४ पुगेको छ ।
    पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४० जना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख २७ हजार २७९ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ ।

    प्रतिकृया दिनुहोस्