आर्थीकसंसार संवाददाता११ माघ, २०७८

काठमाडौं । ज्योति विकास बैंकका संचालक अध्यक्ष हरि प्रसादले अध्यक्ष पदबाट राजिनामा दिएका छन् । प्रसादले राजिनामा दिए सँगै माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक समुहबाटै प्रतिनिधित्व गर्ने संचालक हरचन्द्र खड्कालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।