News Portal

  • देशभर १ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि

    आर्थिकसंसार संवाददाता१४ भदौ, २०७७
    ५१० पटक
    १४ भदौ, २०७७

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ सय ४८ महिला र ८ सय ७३ पुरुष गरी जम्मा १ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । उनका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३ सय ७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना जना रहेका छन् ।
    हाल देशभर सक्रिय संंक्रमितको संख्या १७ हजार ५ सय १८ रहेको छ । जसमा संस्थागत आइसोलेसनमा रहेकाको १० हजार ६ सय १२ रहेको छ भने होम आइसोलेसनमा रहेकाको संख्या ६ हजार ९०० रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २ सय ६७ निको भएसँगै कुल निको हुनेको संख्या २० हजार ८ सय २२ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्