News Portal

  • मुक्तिनाथ विकास बैंकले बचत खातामै ७.३५ प्रतिशत व्याज दिने

    आर्थीकसंसार संवाददाता१० माघ, २०७८
    ६८८ पटक
    १० माघ, २०७८

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको लागि नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले आकर्षक व्याजदरसहितको ‘मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको हो ।
    मुक्तिनाथ बैंकको सर्वोत्कृष्ट बचत खाता ग्राहकहरुले १० हजारको न्यूनतम मौजदातमा खोल्न सक्नेछन् । र बैंकले यस बचत खातामा ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ७.३५ प्रतिशतको दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ ।
    यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बैंकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ । यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्