News Portal

  • थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता९ माघ, २०७८
    ७८५ पटक
    ९ माघ, २०७८

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मुलुकभर १३ हजार ३ सय ७७ पीसीआर परीक्षणका क्रममा ५ हजार ५९८ जनामा कोरोना पुष्टि भएको छ, भने ४ हजार ६० एन्टिजेन परीक्षणका क्रममा ८ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
    कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय ५५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
    त्यस्तै थप १ हजार ४ सय १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख २१ हजार ६ सय ९९ संक्रमित निको भएका छन् ।

    प्रतिकृया दिनुहोस्