काठमाडौं । सनराइज बैंकले रामेछाप जिल्ला र ओखलढुङ्गा जिल्लामा एकरएक वटा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।
बैंकले माघ ७ रामेछाप जिल्लाको मन्थली नगरपालिका–१४ फुलासीमा र माघ ८ गते ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिका–१ कुन्तादेविमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।
उक्त शाखारहित बैंकिङ्ग सेवाहरु सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८५ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागि फुलासीका वसन्तकुमार लामा र कुन्तादेविका लालप्रसाद ढकाललाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।
सो शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।
बैंकिङ्ग पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैकिङ सेवा विस्तार गर्दै आएको छ ।
बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा एटिएम र ८५ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
सनराइज बैंकको रामेछाप र ओखलढुङ्गामा शाखारहित बैंकिङ्ग सेवा विस्तार
आर्थीकसंसार संवाददाता९ माघ, २०७८
९ माघ, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- ऋणलाई राम्रो प्रतिफल दिने आयोजनामा लगानी गर्छौं : अर्थमन्त्री पौडेल
- सकियो ‘नाडा अटो शो’, ८२ हजार अवलोकनकर्ता