News Portal

  • बीमा क्षेत्रका कर्मचारीहरूको लागि जोर विजोर प्रणाली लागु नहुने

    आर्थीकसंसार संवाददाता७ माघ, २०७८
    ८४० पटक
    ७ माघ, २०७८

    काठमाडौं । बैंक बीमा क्षेत्रका कर्मचारीहरुका लागि जोर विजोर प्रणाली लागु नहुने भएको छ । आज शुक्रवार रातिदेखि लागु हुने भनिएको जोर विजोर प्रणालीमा बैंक बीमा क्षेत्रका कर्मचारीहरुलाई भने लागु हुने छैन । काठमाडौं उपत्यका भित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयले जारी गरेको निर्देशनमा ‘परिचयपत्रको आधारमा बैंक/बीमा/वित्तीय संस्था/वायुसेवा कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधननमा जोर विजोर लागु नहुने’ भनिएको छ । बीमा कम्पनीका कर्मचारीले आफ्नो परिचयपत्र देखाएर सवारी साधन चलाउन पाउने भएका हुन् ।

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण तिव्र रुपमा बढ्दै गएको सन्दर्भमा सो को रोकथाम, नियन्त्रण, निदान र उपचारलाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले आज राती १२ बजेदेखि लागु हुने गरी जोर विजोर प्रणाली लगाइएको छ ।
    जिल्ला प्रशासनका अनुसार सार्वजनिक र निजी सवारी साधनहरु (दुई पाँग्रे सहित) जिल्ला भित्र जोर गते जोर र विजोर गते विजोर नम्बर प्रणालीमा सञ्चालन गर्नु पर्नेछ । तर यो नियम बैंक बीमा क्षेत्रका कर्मचारी लगायत सरकारी कर्मचारीहरुमा पनि लागु हुने छैन ।

    प्रशासनका अनुसार औषधि एवं स्वास्थ्य सामाग्री बोकेका सवारी साधन, एक्बुलेन्स, दमकल, शववाहानमा पनि लागु हुने छैन । त्यस्तै ग्याँस पेट्रोलियम पदार्थ, पाली बोक्ने सवारी साधनहरु सञ्चालन हुन पाउने छन् । खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, माछामासु, पशुपंक्षीका दाना, एवं कृषि तथा पशुजन्य सामाग्रीहरु बोक्ने सवारी साधनमा लागु हुने छैन । निर्माण सामाग्री बोक्ने सवारी साधन, परिचयपत्रको आधारमा सरकारी कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधनमा जोर विजोरको नियम लागु हुने छैन ।
    सूचना तथा प्रशारण विभागबाट जारी प्रेस पास/परिचयपत्र रहेका संचारकर्मीले प्रयोग गरेका सवारी साधनमा पनि यो नियम लागु हुने छैन । सरकारी सवारी साधन, कुटनैतिक नियोगका सवारी साधनहरु पनि निर्वाध रुपमा सञ्चालन हुने पाउने भएका छन् ।

    प्रतिकृया दिनुहोस्