News Portal

  • एभरेष्ट बैंकको ६ महिने वित्तीय विवरण सार्वजनिक

    आर्थीकसंसार संवाददाता७ माघ, २०७८
    १३०६ पटक
    ७ माघ, २०७८

    काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ८३ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले सो मात्राको नाफा आर्जन गरेको हो ।
    जुन अघिल्लो आवको सोही अवधिको तुलनामा घटी हो । बैंकले आर्थिक वर्ष आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनामा ९६ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
    नाफा घटेको बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवको पुस मसान्तमा २१.६३ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी चालु आवको पुस मसान्तसम्ममा घटेर १७.८० रुपैयाँमा सीमित छ । त्यस्तै, २१८.९३ रुपैयाँ रहेको बैंकको प्रतिसेयर नेटवर्थ २२१.११ रुपैयाँ पुगेको छ । जुन ग्लोबल आईएमई र नबिल बैंकको तुलनामा बढी हो । यो अवधिमा ग्लोबल आईएमई बैंकको १४४.९७ रुपैयाँ र नबिलको १८४.२८ रुपैयाँ प्रतिसेयर नेटवर्थ छ ।
    हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ४६ करोड रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको जगेडा कोषको आकार घटेर ८ अर्ब ३० करोड रुपैयाँमा खुम्चिएको छ । जुन अघिल्लो आवको पुस मसान्तसम्ममा ९ अर्ब १४ करोड रुपैयाँ थियो ।
    त्यस्तै, बैंकको निक्षेप बढेर १ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा लगानी पनि बढेर १ खर्ब ४२ अर्ब रुपैयाँ छ ।
    समीक्षा अवधिमा बैंकको निष्कृय कर्जा पनि सामान्य बढेको छ । ०.१९ प्रतिशत रहेको बैंकको निष्कृय कर्जा बढेर ०.२६ प्रतिशत पुगेको हो ।

    प्रतिकृया दिनुहोस्