News Portal

  • एकैदिन १२ हजार ३३८ जनामा कोरोना पुष्टि

    आर्थीकसंसार संवाददाता६ माघ, २०७८
    ९१४ पटक
    ६ माघ, २०७८

    काठमाडौं । पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २७ हजार ४९७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    मन्त्रालयका अनुसार २१ हजार ७ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १० हजार ५२ जना र ६ हजार ४९० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय २८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
    पछिल्लो २४ घण्टामा देशभर ६ सय ४९ जना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १८ हजार ८०९ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ को मृत्यु भएको छ ।

    प्रतिकृया दिनुहोस्