काठमाडौं । इसेवा र मेडिप्लस हस्पिटल पोखराबीच सम्झौता भएको छ । अब मेडिप्लस हस्पिटलको अपोइन्टमेन्ट तथा सेवा शुल्क अनलाइनबाटै तिर्न सकिने भएको छ । सम्झौतापत्रमा इसेवाका गण्डकी प्रदेश इन्चार्ज बिनोद बोहोरा र हस्पिटलका अध्यक्ष रमेशकुमार थापाले हस्ताक्षर गरेका हुन् ।
इ अपोइन्टमेन्ट बुकिङबाट आफूले जाँच गराउने डाक्टरको उपस्थिति र उपलब्धताबारे अग्रिम जानकारी लिन सकिनेछ । टिकट काउन्टरमा लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्ने, समयका साथै खर्चको बचत हुने, अपोइन्टमेन्ट रद्ध गर्दा अस्पतालको नियम अनुरूप पूर्ण वा आंशिक शुल्क फिर्ता हुने र अपोइन्टमेन्टको समय पुनर्निर्धारित गर्न मिल्ने, अपोइन्टमेन्टको दिन इसेवा एपबाटै सूचना आउने लगायत लाभ सेवाग्राहीले लिन सक्ने जनाएको छ ।
सम्झौता कार्यक्रमा हस्पिटलका सञ्चालक डा. सरोज पोखरेल, रामजी प्रसाद पोखरेल, प्रवन्धक गौतम पौडेल र इसेवा मनी ट्रान्सफरका गण्डकी प्रदेश इन्चार्ज विजय क्षेत्री र अनिल खड्का, अफिसर सन्देश सापकोटा, सुसन पौडेलको पनि उपस्थिति थियो ।
इसेवा र मेडिप्लस हस्पिटल पोखराबीच सम्झौता
आर्थीकसंसार संवाददाता६ माघ, २०७८
६ माघ, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन