News Portal

  • एकैदिन थपिए १० हजारभन्दा धेरै कोरोना संक्रमित

    आर्थीकसंसार संवाददाता४ माघ, २०७८
    ९७४ पटक
    ४ माघ, २०७८

    काठमाडौं । मंगलबार एकै दिन कोरोना संक्रमितको संख्या १० हजार २५८ जनाले थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८२८ जनामा गरिएको नमुना परिक्षणका क्रममा आज मात्रै १० हजार भन्दा धेरै संक्रमित भेटिएका हुन् ।
    कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ सय ६२ जना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १७ हजार ५४७ पुगेको छ ।
    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६२४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्