आर्थीकसंसार संवाददाता४ माघ, २०७८
४ माघ, २०७८काठमाडौं । कामना सेवा विकास बैंकको खुद सञ्चालन आम्दानी २१ प्रतिशतले बढेको छ । बैंकले चालु आवको दोस्रो त्रैमासिकमा गत आर्थिक वर्षको सोही त्रैमासिकको तुलनामा २१ प्रतिशतले खुद सञ्चालन आम्दानी बढाएको हो ।
बैंङ्कका अनुसार बैंकले करिब १ अर्ब खुद सञ्चालन आम्दानी गरेको छ । यस्तै, बैंकको निक्षेप ४८.९२ अर्ब पुगेको छ भने कर्जा ४४.९० अर्ब पुगेको छ । जुन गत वर्षको दोस्रो त्रैमासकिको तुलनमा क्रमशः १०.६९% र १०.९८% बढी हो ।
बैंकको पुँजी पर्याप्तता अनुपात १२.३२% कायम गरेको छ भने प्रति शेयर आम्दानी २१.८७ रहेका छ । बैंकको हालको चुक्ता पुँजी ३.१४ अर्ब र जगेडा कोषमा ९.६७ करोड रुपैयाँ छ ।
साथै निष्क्रिय कर्जा अघिल्लो त्रैमासिकमा १.७९% रहेकोमा यस त्रैमासिक सम्ममा १.७७% मा घटेको छ । त्यस्तै, बैंकको पीई रेसियो २५.७४, प्रति शेयर नेटवर्थ १३३.०२ र आधार दर ९.२७% छ ।