News Portal

  • कृषि विकास बैंकको मोबाइल बैंकिङदेखि लकर सेवामा छुट

    आर्थीकसंसार संवाददाता४ माघ, २०७८
    ७६७ पटक
    ४ माघ, २०७८

    काठमाडौं । कृषि विकास बैंकले आफ्नो ५५औं वार्षिकोत्सवको अवसरमा ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने भएको छ । बैंकले ग्राहकलाई मोबाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्ट्रेशन सेवामा लाग्ने शुल्कमा छुट प्रदान गर्ने भएको हो ।
    बैंकले वार्षिकोत्सवको अवसरमा माघ ७ गते देखि फागुन ७ गतेसम्म नयाँ तथा पुराना ग्राहकलाई मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, भिसा डेविट कार्ड, डिम्याट, सि–आश्वा, मेरो शेयर र लकर सेवा लिनेलाई सेवा शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय बैंकले गरेको छ ।
    यसका साथै चेतनशील नारी बचत खाता भएका वा खोल्ने ग्राहकहरुलाई लकर सेवामा ७५ प्रतिशतसम्म छुट दिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्