News Portal

  • राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ र लकर सेवामा ५० प्रतिशत छुट

    आर्थीकसंसार संवाददाता३ माघ, २०७८
    ८८८ पटक
    ३ माघ, २०७८

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ५७औं वार्षिकोत्सवको अवसरमा ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने भएको छ । बैंकले ग्राहकलाई मोबाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्ट्रेशन सेवामा लाग्ने शुल्कमा छुट प्रदान गर्ने भएको हो ।
    बैंकले वार्षिकोत्सवको अवसरमा माघ १ गते दखि चैतमसान्तसम्म लागू हुने गरी मोबाइल बैंकिङ, डेविट कार्ड, क्रेडिट कार्ड दर्ता तथा लकर शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । साथै, डिम्याट रजिष्ट्रेशन शुल्कमा १०० प्रतिशत छुट गर्ने निर्णय बैंकले गरेको छ ।
    आगामी माघ १० गतेबाट राष्ट्रिय वाणिज्य बैंक ५६ वर्ष पूरा गरी ५७औं वर्षमा प्रवेश गर्दैछ । बैंकको हाल ७७ जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।

    प्रतिकृया दिनुहोस्