काठमाडौं । नेपाल राष्ट्र बैंकले निरन्तर गर्दै आएको वित्तीय चेतना अभिवृद्धि कार्यक्रमको विशेष सत्र काभ्रेको नमोबुद्ध नगरपालिकामा सम्पन्न भएको छ । हिन्दूकुश इन्स्योरेन्स इनिसियटिभले व्यवस्थापन यस कार्यक्रम नमोबुद्ध नगरपालिका–१ मथुरापाटीका महिला उद्यमीको वित्तीय सिप विकासमा केन्द्रित रहेको बताइएको छ ।
कार्यक्रममा मुख्य प्रशिक्षकको रूपमा रहेका नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले पुँजीको प्रयोग सबै जनताले गर्नुपर्ने र गर्न पाउनुपर्नेमा जोड दिए । ‘गरिब र सीमान्तकृत समुदायका छोराछोरीले पठाएको रेमिट्यान्सले बैंकिङ क्षेत्र चलायमान हुने, तर तिनै गरिब र सीमान्तकृत समुदायका सदस्यहरूको बैंकमा पहुँच नहुने बिडम्बनापूर्ण स्थितिबाट अर्थतन्त्र गुज्रिरहेकाले बैंकिङ सेवा भोग गर्न पाउनु सबै जनताको हक हो,’ उनले भने ।
कार्यक्रममा बचत, कर्जा, बीमा, शेयर बजार र वित्तीय प्रणालीका बारेमा छलफल भएको थियो । कार्यक्रमका सहभागीहरूले बैंकबाट सहज रूपमा ऋण प्राप्त गर्न नसकेको र सहुलियतपूर्ण कर्जा प्राप्त गर्न झनै कठिनाइ रहेको गुनासो समेत गरेका थिए ।
नेपाल राष्ट्र बैंकको वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न
आर्थीकसंसार संवाददाता३ माघ, २०७८
३ माघ, २०७८- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता