News Portal

  • नेपाल बङ्गलादेश बैंकको कामु सीइओमा पाण्डे

    आर्थीकसंसार संवाददाता३ माघ, २०७८
    ८१४ पटक
    ३ माघ, २०७८

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकको कामु सीइओमा भूपेन्द्र पाण्डे नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले पाण्डेलाई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
    बैंकिङ्ग क्षेत्रमा दुईदशक लामो अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सिइओ रुपमा काम गरिसकेका छन् ।
    चार्टड अकाउन्टेन्ट पाण्डेलरे बाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् । गत पुसमा उनी बैंकको सिनियर डेपुटी सीईओमा नियुक्त भएका थिए । बैंकका सीईओ ज्ञानेन्द्र ढुङ्गानाको कार्यकाल सकिएपछि उनी कामु सीईओ बनेका हुन् । बैंक स्रोतका अनुसार अब बैंक सञ्चालक समितिले उनलाई सीईओको रुपमा नै नियुक्त गर्ने तयारी पनि गरिरहेको छ ।
    हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्