News Portal

  • किसान लघुवित्तको २५ प्रतिशत बोनश शेयर प्रस्ताव

    आर्थीकसंसार संवाददाता३ माघ, २०७८
    ७२१ पटक
    ३ माघ, २०७८

    काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत बोनश शेयर प्रस्ताव गरेको छ । संस्थाको माघ २ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट २५ प्रतिशत बोनश शेयरको प्रस्ताव गरेको छ ।
    संस्थाको हालको चुक्ता पुँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश ९ करोड ८२ लाख रुपैयाँ वितरणपश्चात ४९ करोड रुपैयाँ नाघ्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ साधारणसभाले पारित गरे पछि मात्रै शेयरधनीहरुले प्राप्त गर्ने छन् ।

    प्रतिकृया दिनुहोस्